हिउँले सिंगारियो अन्नपूर्ण बेस क्याम्प (तस्बिहरु)

कास्की | फागुन ११, २०८०

हिउँले सिंगारियो अन्नपूर्ण बेस क्याम्प (तस्बिहरु)

पोखरा:   यो वर्षका लागि शाहसिक पदयात्रामा निस्कने समय अब सकिनेवाला छ ।

 

गर्मीयामको सुरुवात हुनलागेसँगै अहिले उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात भएको छ । र ट्रेकिङ रुटहरु अहिले हिउँले सिंगारिएको छ ।

 

समुन्द्री सतहबाट करिब ४ हजार १ सय मिटर उचाइमा रहेको अन्नपूर्ण बेस क्याम्प यतिबेला सेताम्मे बनेको छ ।

 

शाहसिक पदयात्रामा रम्न र हिउँ खेल्न मन पराउनेहरुका लागि अहिले अन्नपूर्ण बेस क्याम्प (एबिसी) निकै उपयुक्त देखिएको छ । 

 

 

३६० डिग्रीमा भ्यू हेर्न पाइने यस ठाउँबाट ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल, ६ हजार ९ सय ९३ मिटर अग्लो माछापुच्छ्रे हिमालका साथै ७ हजार २ सय १९ मिटर अग्लो अन्नपूर्ण साउथ र ७ हजार ५ सय ५५ मिटर अग्लो अन्नपूर्ण थर्डको नेत्रभोजन गर्न सकिन्छ ।

 

तर यसका लागि कम्तिमा ५ दिनको समय आवश्यक छुट्याउनुपर्ने हुन्छ । 

 

कसरी पुग्ने एबिसी ?

 

पोखराबाट मत्क्युसम्म सवारी साधनमा यात्रा गर्न सकिन्छ । त्यसपछि पदयात्रा सुरु हुन्छ ।

 

तपाईंको हिँड्न सक्ने क्षमता कति छ भन्ने कुराले तपाइको बसाई कहाँ हुन्छ भन्ने निर्धारण गर्छ ।  प्रायजसो पर्यटक पहिलो रात छोम्रोङमै बिताउछन् । 
 

अर्काेदिन बिहानै उठेर सिनुह्वा, ब्याम्बु हुँदैं हिमालय या देउरालीसम्म पुग्न सक्नुहुन्छ । यो यात्राभर तपाइले प्राकृतिक सौन्दर्यता र अग्ला अग्ला हिमालहरुसँग आँखा जुधाउदै यात्रामा रमाउन पाउनुहुन्छ ।

 

दोस्रो दिन हिमालय या देउराली बसेर तेस्रो दिन माछापुच्छ्रे बेस क्याम्प हुँदै अन्नपूर्ण बेस क्याम्प पुग्न सक्नुहुन्छ । जहाँ खान र बस्नका लागि उचित व्यवस्था रहेको छ । 

 

अहिले हिउँ परेको भएकाले पानी नछिर्ने बुट वा ग्रिपका लागि जुत्तामा लगाउन मिल्ने क्ल्याम्पर बोकेर जानु उपयुक्त हुन्छ ।

 

हेर्नुहोस्,  पत्रकार गिता रानामगरको लेन्सबाट हिउँले सिंगारिएको अन्नपूर्ण बेस क्याम्प:-

 

 

 

 

 

 

 

 

 

 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्